काठमाडौं, फागुन १५ गते ।
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । कप्तान रोहितकुमार पौडेलले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
उनले ८.२ ओभरमा विवेक यादवको हातमा जेपी कोट्जेलाई क्याच आउट गराए । विवेकले बाउन्ड्री लाइन नजिकै ड्राइभ गर्दै उत्कृष्ट क्याच लिए ।
कोट्जेले आउट हुनुअघि ९ बलमा ११ रन बनाए । नामिबियाको स्कोर ४९ रन छ ।
यसअघि करण केसीले माइकल भान लिङ्गेनलाई आउट गरेका थिए । लिङ्गेनले आउट हुनुअघि १९ बलमा २० रन बनाए ।











