माघ १० गते ।
आइसिसी यू–१९ विश्वकप २०२४ को समूह चरणको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
नेपाल पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित थियो ।
नेपाल र पाकिस्तानको युवा टोली दुई महिनापछि दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि गत नोभेम्बरमा नेपालविरुद्ध पाकिस्तानले एसिया कपमा उत्कृष्ट जित निकालेको थियो।
यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानबीचको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपालले एक खेल जितेको थियो ।
सन् २००२ को यू–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो । सो विश्वकपमा यो नतिजा प्रतियोगिताको सबैभन्दा सनसनीपूर्ण मानिएको थियो।
सन् २०१६ को विश्वकपमा पाकिस्तानले नेपाललाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
श्रोत रातोपाटी











