विभिन्न स्थानमा तीनजना मृत फेला


काठमाडौं, माघ ९ गते ।

देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा की २३ वर्षीया सीमा कँवर सोमबार आफ्नै घरमा मृत फेला परेकी छिन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फर्जाङपुल नजिकैको खोलामा हाल नाम, थर र राष्ट्रियता खुल्न नसकेको ५५ वर्षीय पुरुष सोमबार मृत फेला परेका छन् ।

त्यस्तै, नाम, थर र राष्ट्रियता खुल्न नसकेको ५५ वर्षीय पुरुष सोमबार चितवनको भरतपुर महानगरपालिका–१ नारायणी किनारस्थित हरिहर मन्दिर अगाडिको बाकसमा मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको