काठमाडौं, माघ ८ गते ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टोली नेपाल पुलिसले अर्को विभागीय टोली एपीएफलाई १ सय ४६ रनको सामान्य लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको सिद्धार्थनगरले ४१ ओभरमा १४५ रन बनाएर सबै विकेट गुमाएको थियो । पुलिसका लागि दिलीप नाथले ४४ रन बनाए भने अर्जुन साउदले ३१ रन जोडे । शंकर राणाले २२ रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरी १५ रनमा आउट भए । अर्का ब्याट्सम्यान कुशल भुर्तेल शून्य रनमा आउट भए । यस संस्करणको कुनै पनि खेलमा रन बनाउन नसकेका भुर्तेल आज पनि फ्लप साबित भएका छन् । यसअघि पनि उनी शून्य रनमा आउट भएका थिए ।
बलिङतर्फ भुवन कार्कीले ३ तथा अमर रौतेला र रमेश कुर्मीले २ विकेट लिए ।
श्रोत REPORTERSNEPAL











