काठमाडौं, माघ ७ गते ।
युवा ब्याट्सम्यान अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्याण्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ । यो हारले सुपर सिक्सको मौकालाई ठूलो धक्का दिएको छ ।
जितका लागि दिएको ३०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पूरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौका प्रहार गर्दै ९० रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद पनि अन्य ब्याट्सम्यानको साथ नपाएका कारण नेपाल पराजित भएको थियो ।
३८औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि फास्ट बलर इवाल्ड श्रेडर विश्वकपमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए । अर्जुन बाउन्सर बलमा थर्ड म्यानमा सट खेल्दै बिचमा क्याच आउट भएका थिए । यसअघि अर्जुनले १४, ८६ र ८८ रनको तीन व्यक्तिगत रनमा तीन जीवनदान पाएका थिए ।
तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरे । देव खनाल ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाएर आउट भए । अन्य नेपाली ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुल्सन झा २–२ रन बनाएर आउट भए । उत्तम थापामार, दीपक बोहरा, दिपेश कँडेलले खाता खोल्न सकेनन् ।
तिलकराज भण्डारी र सुवास भण्डारीले अन्तिम विकेटका लागि ३७ रनको अविजित साझेदारी गरे । सुवास भण्डारीले ५२ बलमा ४ चौका प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे । तिलक भण्डारीले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रन बनाएर नटआउट रहे ।
न्युजिल्याण्डका मासन क्लार्कले ८ ओभरमा १ मेडन सहित २५ रन दिएर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २(२) विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो ।
न्यूजिल्याण्डको जितमा तेस्रो नम्बरका ब्याट्सम्यान स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १४७ रनको अविजित शतकीय इनिङ खेले । कप्तान ओस्कर ज्याक्सन ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन बनाएर आउट भए ।
एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गरेका थिए । यही साझेदारी नै नेपालको हारको मुख्य कारण बन्यो ।
यी दुई ब्याट्सम्यान बाहेक अरुको प्रदर्शन राम्रो भएन । ओपनर टम जोन्सनले ४५ बलमा ५ चौका प्रहार गर्दै ३३ रन, ल्यूक वाट्सनले १४ रन र एलेक्स थम्पसनले १३ रन बनाए । नेपालका बलर गुल्शन झाले १० ओभरमा ६१ रन दिएर २ विकेट लिए ।
स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन दिएर ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दिपेश कँडेलले १९१० विकेट लिए ।
यसअघि नेपालले यू–१९ विश्वकपमा न्युजिल्यान्डलाई दुवै खेलमा पराजित गरेको थियो । सन् २००६ को यू–१९ विश्वकपमा न्युजिल्याण्ड १ विकेटले र २०१६ मा ३२ रनले पराजित भएको थियो । समूह ‘डी’ मा रहेको नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।
श्रोत onlinekhabar











