काठमाडौं, माघ ७ गते ।
नेपालका युवा ब्याट्सम्यान अर्जुन कुमाल आईसीसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्ड विरुद्ध शतक बनाउन असफल भएका छन् ।तीब्र गतिका बलर एवाल्ड श्रेडर ३७ औं बलमा अर्जुन थर्डम्यानको हातमा ९० रनमा क्याच आउट भएपछि शतक बनाउन सकेनन् ।
थर्डम्यानको बाउन्सर बल खेल्दा अर्जुन क्याचमा परे । अर्जुनले १०४ बलमा १२ चौका प्रहार गर्दै ९० रन बनाए । विश्वकपमा नेपालले अहिलेम्म शतक बनाउन सकेको छैन ।
यू–१९ विश्वकपमा एक खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान प्रदीप ऐरीको नाममा छ । प्रदीप ऐरीले २०१२ को यू-१९ विश्वकपमा नामिबियाविरुद्ध ९८ रन बनाएका थिए।
अर्जुनले आफ्नोयू-१९ अन्तर्राष्ट्रिय करियरमा दुई शतक प्रहार गरेका छन्। अर्जुनले गत अक्टोबरमा मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४३ रनको उत्कृष्ट शतकीय इनिङ्स खेलेका थिए ।
जुन अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली खेलाडीले एउटै खेलमा बनाएको सर्वाधिक रन हो । अर्जुनले गत वर्ष फेब्रुअरीमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रनको उत्कृष्ट शतकीय इनिङ्स खेलेका थिए ।
आइतबार न्यूजिल्याण्डविरुद्ध अर्जुनले १४, ८६ र ८८ रनको दुई उत्कृष्ट जीवनदान पाएका थिए । आठौं ओभरको चौथो बलमा न्युजिल्याण्डका खेलाडी फाइन लेगमा क्याचमा छाड्न पुगेका थिए । सर्ट बल पुल खेल्दै अर्जुनले जीवनको उक्त उपहार पाए । त्यस्तै ३६ औं ओभरको पहिलो बलमा एवाल्ड कट एण्ड बलिङ गर्न सकेनन् ।
३७औं ओभरमा ८८ रनमा क्याच छुट्न पुग्दा पुन जीवनदान पाएका थिए । अर्जुनले गत डिसेम्बरमा अफगानिस्तानविरुद्ध ९१ रन बनाएर आउट भएका थिए । जितका लागि ३०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अर्जुन आउट हुँदा ३८ ओभरमा ८ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
श्रोत सेतोपाटी











