नगरपालिकाबाट राहदानी सेवा


सिरहा, माघ ४ गते ।

सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । मेयर श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गर्नुभयो ।

‘अब नगरवासीको राहदानीका लागि सदरमुकाम सिरहामा रहेको जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता हटेको छ’, मेयर यादवले भन्नुभयो, ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउँदै लैजान्छौँ । उहाँको अनुसार बायोमेट्रिक बाहेक आवेदन लगायतका सबै काम नगरपालिकाले गर्नेछ । स्थानीयस्तरबाट राहदानी पाएपछि स्थानीय खुसी भएका छन् ।

श्रोत REPORTERSNEPAL


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको