नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो अभ्यासमा खेल खेल्दै


काठमाडौँ, माघ २ गते ।

दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपअघि नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।

दोस्रो अभ्यास खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्ने तालिका रहेको छ । नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सुरु हुनेछ ।

यसअघि पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड पनि छन् ।

नेपालले आफ्नो पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ, भने समूह चरणको दोस्रो खेलमा नेपालले जनवरी २४ मा पाकिस्तानसँग र तेस्रो खेल २७ मा अफगानिस्तानसँग खेल्नेछ ।

श्रोत इ कागज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको