प्रधानमन्त्री कपमा मधेस प्रदेशको विजयी सुरूवात


पुस २८ गते ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिता मुलपानी, कीर्तिपुर र भैरहवा गरी तीन मैदानमा भएको थियो ।

मुलपानी मैदानमा भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा १२७ रनमा अलआउट भयो ।

कोशीका लागि कप्तान अंकित सुवेदीले ४० र फिरदोस अन्सारीले ४१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा मधेसका प्रदीप पासवानले ३ विकेट लिए भने राजेश यादव, रञ्जित कुमार र पवन सर्राफले २-२ विकेट लिए ।

१२८ रनको लक्ष्य मधेसले २०.१ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको गर्‍यो । मधेसका लागि अनिल साहले ८८ रनको योगदान दिए । उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गरे ।

उता कीर्तिपुरमा बागमती प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका रसिद खानले अविजित १०६ रनको योगदान दिए । उनको शतकमा पुलिसले ८ विकेट गुमाएर २८२ रन बनाएको थियो ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको