भालुवाङ बस दुर्घटना : कोहलपुरमा ८ जनाको उपचार हुँदै


नेपालगन्ज, पुस २८ गते ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दाङको भालुवाङमा राप्ती खोलामा खस्दा घाइते भएका ८ जनालाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ८ जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँको अनुसार घाइतेहरुलाई ५ एम्बुलेन्समा शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो ।

उनीहरुमध्ये डुडुवा गाउँपालिका–१ का मोहम्मद जाबेद उपचारपछि घर फर्किएका छन् । कालिकोट महावाई गाउँपालिका–५ का ४५ वर्षीय तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर छ । यस्तै राप्तिसोनारी गाउँपालिका–४ का २१ वर्षीय शंकर थारु, सोही नगरपालिका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई, नेपालगन्ज उपमहानगरपालिका–१२ का २४ वर्षीय आशुतोष गौतम, ३४ वर्षीय नेपालगन्ज उपमहानगरपालिका–१२ की वृद्ध लीला वलीको उपचार भइरहेको छ । उपचार गराइरहेका भारतीय नागरिकमा बहराइचका १८ वर्षीय राहुलकुमार यादव र २० वर्षीय छोटी पद्या रहेका छन् ।

हिजो राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार मृतक ८ जनाको सनाखत भएको छ भने ४ जनाको सनाखत हुन सकेको छैन । दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार बस चालक सल्यान निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको स्थानीयबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो । शुक्रबार राति करिब १०ः३० बजे माउन्टेन एयरको नयाँ बस नम्बर १ बी ३९१२ राप्ती नदीमा खसेको थियो ।

श्रोत कान्तिपुर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको