मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो


काठमाडौं, पुस २७ गते ।

मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुरुङ सफाइका लागि बाँधस्थलबाट सुरुङमा पानी पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङ सफा गर्ने फोहोर पानी अम्बाथान, गलथुम र सुन्दरीजलका अडिट सुरुङबाट निकालिनेछ । सुरुङमा पठाइएको पानी बादल बन्द भएपछि पूर्णरूपमा काठमाडौं पठाइने उहाँले बताउनुभयो ।

तर कति दिनमा सुरुङ सफाइ हुने र कहिले नियमित पानी पठाउन सकिन्छ भन्न नसकिने उहाँले बताउनुभयो । मेलम्ची नदीको माथिल्लो भेगमा वर्षापछि आएको बाढीका कारण गत असारमा सुरुङ बन्द भएको थियो ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको