काठमाडौं ,पुस २६ गते ।
रसियन सेनामा भर्ना भएका प्यूठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काटेवार निवासी सोनु सुनारको युक्रेन र रुस युद्धमा मृत्यु भएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिनुभयो ।
सोनुसँगै रहेका र अहिले घाइते भएका एक नेपालीले उनको मृत्यु भएको जानकारी दिएको थापाले बताउनुभयो । यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थापाले बताउनुभयो ।
सुनारप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सामाजिक सञ्जालमा लेख्नुभयेको छ ।
खगेश्वरका अनुसार दुई वर्षदेखि दुबईमा काम गर्दै आएका सोनु केही महिनाअघि त्यहाँबाट रसिया गएका थिए ।
श्रोत onlinekhabar











