चितवन, पुस २६ गते ।
धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको गौतम बुद्ध क्रिकेट रंगशाला तीन तहको सरकारको संयुक्त लगानीमा निर्माण हुने भएको छ । संघीय सरकारले वाग्मती प्रदेश सरकारसँगको साझेदारीमा रंगशाला निर्माण गर्न सहमति जनाएको छ र भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा निर्माण गरिने भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार मंगलबार बसेको संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त सहमति गरेको हो । उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले रङ्गशाला भाडा ऐनअनुसार जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट स्वीकृति लिनुपर्ने बताउनुभयो ।
प्रमुख दाहालका अनुसार आयोजना सम्पन्न गर्न संघीय सरकारले अनुदान स्वरुप बजेट पनि उपलब्ध गराउने छ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार मंगलबार बसेको संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त सहमति गरेको हो । उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले रङ्गशाला भाडा ऐनअनुसार जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट स्वीकृति लिनुपर्ने बताउनुभयो ।
महानगरपालिकासँग प्रदेश सरकारले १ अर्ब रुपैयाँको काम गर्ने सहमति भएको थियो । तर भरतपुर महानगरपालिकाले तयार पारेको योजना अनुसार राष्ट्रिय स्तरका खेल खेलाउन एक अर्ब रुपैयाँ लाग्ने प्रमुख दाहालले जानकारी दिनुभयो । पहिलो चरणमा खेलमैदान र प्यारापिट निर्माण सम्पन्न गरी खेल खेल्न योग्य बनाइने उहाँले बताउनुभयो ।
प्रदेश सरकारको ७० प्रतिशत लगानीमा बजेट अभाव भएमा संघीय सरकारको अनुदान लिएर रंगशाला निर्माण गर्ने तयारी भइरहेको छ । प्रदेश सरकारको बजेटको सुनिश्चिततासँगै बहुवर्षीय ठेक्कामा काम गरिने प्रमुख दाहालले बताउनुभयो ।
धुर्मुस–सुन्तली फाउन्डेसनले १९० करोड ऋण लिएर दुई वर्षअघि निर्माण कार्य रोकेको थियो । त्यसयता रंगशाला निर्माणको काम ठप्प छ । महानगरपालिकाले यो आयोजनालाई महानगरको महत्वपूर्ण आयोजनाका रुपमा लिएको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले संघीय सरकारले अनुमति दिएपछि अब कामले गति लिने बताउनुभयो ।
श्रोत रासस











