मलङ्गवा (सर्लाही), पुस २२ गते ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म कर्फ्यू जारी गरेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले यही माघ २० गते शुक्रबार बरहथवा नगरपालिकामा भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पदा र संरचनामा तोडफोड, आगजनी र दंगा हुने जोखिम देखिएपछि कर्फ्यु जारी गरिएको जानकारी दिए ।
पूर्वमा सीतापुर जाने बाटोमा पर्ने ब्रम्हस्थानको सिमानामा, पश्चिममा हजरिया जाने बाटोमा पर्ने नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुल आदि ठाँउमा आइतबार दिउँसो १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस क्षेत्र बाहिर कुनै पनि जमघट वा आवतजावत गर्न निषेध गरिएको छ।
गत शुक्रबार बरहथवा–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटलका सञ्चालक तथा कुखुराको दाना थोक व्यापारी जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।
श्रोत onlinekhabar











