नेपाली टोपी दिवस अभियानका रुपमा मनाइयो


काठमाडौं, पुस १६ गते ।

‘नेपाली टोपी स् नेपाली पहिचान’ भन्ने नाराका साथ जागरण युवा अभियान नेपालले आज ११औँ नेपाली टोपी दिवस मनाएको छ ।

वसन्तपुरमा भेला भएका अभियन्ता घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, आजमत अली, ज्ञानमणी नेपाल कालो टोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाई र राजेश खत्रीले टोपीलाई राष्ट्रिय पहिचान घोषणा गर्न माग गर्नुभयो ।

शताब्दीयौंदेखि नेपाली पहिचानको हिस्सा बनेको दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली ढाका र भदगाउँले टोपीलाई राष्ट्रिय मान्यता दिने अभियानका रूपमा यो दिवस मनाउन थालेका हुन् ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको