कोशीसँग सुदूरपश्चिम पराजित


काठमाडौँ, पुस १२ गते ।

प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको ११९ रनको लक्ष्य कोशी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाएर जित हासिल गरेको हो । कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरिन् । काजलले ४८ बलमा ८ चौकाको मद्दतले ५४ रन बनाइन भने रुबिनाले ५५ बलमा आठ चौकाको मद्दतले ५१ रन जोडिन् । विमला मलाहले ४ रन जोडिन् ।
सुदूरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन ।

त्यसअघि कीर्तिपुर विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । सुदूरपश्चिमका लागि बिन्दु रावलले ३३ रन बनाइन ।

त्यसैगरी जाकन खड्काले २७ रन बनाइन् भने कविता जोशीले २६ रन जोडिन् । रेवती धामीले २० र रुबी पोदारले २ रन जोडिन् । बलिङतर्फ कोसी क्षेत्रकी सबनम राई र अप्सरी बेगमले समान १–१ विकेट लिएका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको