काठमाडौँ, पुस ११ गते ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गरि विजयी भयोको छ ।
जितका लागि दिएको १६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६८ रन बनाएको थियो । कर्णालीका लागि त्रिस्ना विश्वकर्माले १९ बल खेल्दै तीन चौकाको मद्दतले १९ रन बनाइन् ।
त्यसैगरी १२ रन जोड्ने गौरी बोहरा र रश्मी खड्काले १० रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान किरण कुवरले १ रन बनाइन्
, बिना थापाले २ र अन्जु गुरुङले ६ रन जोडिन् ।
कर्णालीलाई सस्तैमा पराजित गर्दै एपिएफकी करुणा भण्डारीले चार तथा सुमन बिष्टले दुई विकेट लिइन् । त्यस्तै, विनु बुढा र सीता रानामारले एक–एक विकेट लिए ।
यसअघि कीर्तिपुर विश्वविद्यालय रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो ।
एपीएफका लागि राजमती ऐरीले ५५ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६७ सर्वाधिक ६७ रनको योगदान दिएकी थिइन् । त्यसैगरि ममता चौधरीले ५५ बल खेल्दै ८ चौकाको मद्दतले ६२ रन बनाइन् । रोमा थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ कर्णाली प्रदेशकी तृष्णा विश्वकर्माले एक विकेट झारेकी थिइन् ।
श्रोत रासस











