प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई लुम्बिनीले दियो १३४ रनको लक्ष्य


काठमाडौँ, पुस ९ गते ।

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३३ रन बनाएको थियो । लुम्बिनीका लागि सरस्वती गंगा मगरले सर्वाधिक ५३ रन जोडिन् । उनले ६२ बल खेल्दै ७ चौकाको मद्दतले ५३ रनको योगदान दिएकी हुन ।

त्यस्तै चमेली चौधरीले २२ बलमा दुई चौकाको मद्दतले १८ रन बनाएकी थिइन् । त्यसैगरी अस्मा पुलामी मगरले २५ रन जोडिन् । उनले २५ बल खेल्दै तीन चौकाको मद्दतले २५ रन बनाइन् । लक्ष्मी चौधरीले चार र सरस्वती पुन र सुस्मिता बजगाईले ३÷३ रन जोडिन् ।

बलिङतर्फ कर्णालीकी यमुना थारु, रस्मी खड्का र त्रिसाना विश्वकर्माले एक–एक विकेट लिए । कर्णाली प्रदेशले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

 

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको