सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुँदै


काठमाडौं (onlinekhabar), पुस ८ गते ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ पूरा नभएपछि सुनुवाइ जारी राख्न आदेश दिएको छ ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार न्यायाधीश ढकालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । आइतबारदेखि जिल्ला अदालतको बन्द सत्रमा मुद्दाको सुनुवाइ भएको थियो ।

आइतबार बालिकाको तर्फबाट सरकारी वकिल र वकिलले बहस गरेका थिए । बहस पूरा हुन नसकेपछि मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिइएको श्रेष्ठेदार रामु शर्माले जानकारी दिनुभयो ।

क्रिकेटर सन्दीप लामिछानेमाथि गत वर्ष एक किशोरीलाई होटलमा बलात्कार गरेको आरोप लागेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको