डलर साटिदिने बहानामा लुटपाट


काठमाडौँ(रासस), पुस ४ गते ।

डलर साट्ने बहानामा काठमाडौं उपत्यकामा लुटपाटका घटना हुन थालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस्ता लुटपाटमा गिरोहको सक्रियता रहेको पाइएको छ ।

उनीहरुले विभिन्न ठाउँबाट अमेरिकी डलर साट्ने प्रलोभनमा देखाएर पैसा लुट्ने गरेको प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनअघि डलर साट्ने नाममा लुटपाट भएको जानकारी प्रहरीले पाएपछि टोली परिचालन गरिएको थियो भने् कुरा बताउनुभयो ।

यस्ता गिरोह सक्रिय रहेको सूचनाका आधारमा प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलबारसम्म आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं सामाखुसीका ३४ वर्षीय खडकबहादुर तामाङ, धादिङका ३६ वर्षीय अशोक लिम्बु, सिन्धुपाल्चोकका रामबहादुर लामा, भक्तपुर दुवाकोटका ३६ वर्षीय सुब्बा तामाङ, कथ्थेश्वर तरमानका ४५ वर्षीय चन्द्रबहादुर तामाङ रहेका छन् । सिन्धुपाल्चोकका रेलबहादुर तामाङ , देवराज तामाङ र कृष्णकुमारी तामाङ रहेका छन् ।

उनीहरुको साथबाट ५० को १६ थान सक्कली अमेरिकी डलर, दुई थान राहदानी, तिलहरि र एउटा स्कुटर बरामद गरी थप अनुसन्धान सुरु गरिएको छ । उनीहरु मार्फत लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको