प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री डिल्लिबहादुर चौधरी


नकी (बाँके), मङ्सिर २० गते।
(रासस)

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जमा रहेको लुम्बिनी प्रादेशिक प्रहरी अस्पताललाई ५० शैयामा विस्तार गरिने जानकारी दिएका छन् । हाल १५ शैयाको अस्पतालको अनुगमन गर्दै उनले यो आर्थिक वर्षमा अस्पतालमा थप शय्या थपिने बताए ।

मुख्यमन्त्री चौधरीले भने, ‘अस्पतालको सेवा सुविधालाई थप लचिलो बनाउन र बिरामीलाई सेवा उपलब्ध गराउन यो आर्थिक वर्षमा थप ३५ शय्या थप्ने पहल गर्छु । प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा अमिनकुमार श्रेष्ठले मुख्यमन्त्री चौधरीलाई अस्पतालबारे जानकारी गराएका थिए ।

सो अवसरमा निर्देशक डा श्रेष्ठले अस्पतालको आवश्यक भौतिक संरचना र निर्माणाधीन भवनबारे पनि जानकारी गराएका थिए । २०५५ सालमा स्थापना भएको यस अस्पतालले लुम्बिनी मात्र नभई कर्णालीका बिरामी र सुदूरपश्चिमका सबै प्रहरी परिवारलाई सेवा प्रदान गर्दै आएको छ । उनले लामो समयदेखि प्रदेश अन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनका परिवार र भूपु प्रहरीले पनि उपचार सेवा प्रदान गर्दै आएको बताए ।

तीनै प्रदेशमा प्रादेशिक प्रहरी अस्पताललाई स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना रहेको निर्देशक डा।श्रेष्ठले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको