औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या


बाँके (रासस), मङ्सिर १६ गते।

बाँकेको वैजनाथ गाउँपालिकास्थित वाङ्कटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य फोहोर फाल्ने मेसिन) सञ्चालनमा नआएपछि औषधीजन्य फोहोर उत्सर्जनमा समस्या भएको छ ।

स्वास्थ्य केन्द्रमा मेडिकल फोहोर विसर्जनका लागि दुईवटा अटोक्लेभ मेसिन भए पनि दुवै सञ्चालन नभएकाले फोहोरलाई डम्पिङ साइटमै फाल्ने गरेको छ ।

वैजनाथ गाउँपालिकाका नागरिक नेता पुनितविक्रम शाहले भन्ने औषधिजन्य फोहोर डम्पिङ साइटमा पठाउँदा जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भएको छ । ‘मेसिन राखेर फोहोरलाई खुला डम्पिङ साइटमा पठाएर मानव स्वास्थ्यसँग खेलवाड गर्ने खेल बनेको छ’, उनले भने, ‘गाउँपालिकाले औषधिजन्य फोहोरमैला सञ्चालन गरेर उत्सर्जन गर्न चासो देखाउनु आवश्यक छ।

एक वर्षअघि ग्रामीण गेरुवा जागरण संघले केन्द्रलाई अटोक्लेभ मेसिनमार्फत सहयोग गरेको थियो। लुम्बिनी प्रदेश सरकारले केन्द्रलाई एउटा मेसिन दिएको भए पनि प्रयोग हुन सकेको छैन।

मेसिनले केही समयदेखि औषधिजन्य फोहोर हटाउने काम गरे पनि विगत पाँच महिनादेखि फोहोर डम्पिङ साइटमा पठाइँदै आएको छ । केन्द्रका निमित्त प्रमुख अनामी दुर्गा भण्डारीले एउटा मेसिन बिग्रिएको र प्रदेश सरकारले उपलब्ध गराएको नयाँ मेसिन चल्न नसकेको बताए । केन्द्रसँग बजेट नहुँदा मेसिन सञ्चालन हुन नसकेको उनले बताए ।

वैजनाथ–५ का वडाध्यक्ष तथा केन्द्र सञ्चालन समितिका अध्यक्ष देवबहादुर रावतले अस्पतालको फोहोर व्यवस्थापनका लागि दुईवटा अटोक्लेभ मेसिन फ्रिज गरी फोहोर सङ्कलन गर्नेलाई दिएका छन् ।

गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले अटोक्लेभ मेसिन बिग्रिएको हुनसक्ने र औषधिजन्य फोहोर पनि डम्पिङ साइटमा पठाइएको र मेसिन सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको