बालाचतुर्दशी मेलामा चार लाख पर्यटक भित्र्याउने तयारी


झापा (रासस), मङ्सिर १६ गते।

बालाचतुर्दशी मेलामा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ झापाको अर्जुनधारा जलेश्वर धामले तयारी गरेको छ । पूर्वको पशुपतिनाथ भनेर चिनिने धामले ४१ औँ वार्षिकोत्सवको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी गरेको छ ।

विसं २०३९ देखि वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । मंसिर १७ देखि २५ गतेसम्म बालाचतुर्दशी ९ गतेसम्म नौ दिने श्रीमददेवी भागवत महापुराण हुने र मंसिर १९ देखि २४ गतेसम्म दैनिक योग साधना शिविर आयोजना गरी पर्यटक भित्र्याउने तयारी भइरहेको उनले बताए ।

यस वर्षको मेलामा नेपाल, भारत र भुटानबाट चार लाख धार्मिक तीर्थयात्री आउने अपेक्षा गरिएको गट्टानीले भन्नुभयो । अर्जुनधारा जलेश्वर धाम झापाको अर्जुनधारा नगरपालिका–७ शनिशरेमा अवस्थित छ ।

सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको यस धाममा पशुपतिनाथजस्तै प्यागोडा शैलीमा शिव मन्दिर, चार ढोका र तामाको छाना निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार सरकारले हुलाक टिकटमा मन्दिरको तस्बिर अंकित गरिसकेको छ ।ूमहाभारत कालको पौराणिक कथा अनुसार पाँच पाण्डव लुकेर बस्दा राजा विराटको गाईको तिर्खा मेटाउन अर्जुनले धनुष लिएका थिए र यो ठाउँलाई पृथ्वीबाट पानी बग्ने पवित्र स्थानको रूपमा लिइन्छू, राष्ट्रपति गट्टानीले ल्याएको भनाइ प्रचलित रहेको बताए उहाँका अनुसार धाम परिसरमा रहेको ठूलो पोखरीको बिचमा धनुष प्रहार गर्ने अर्जुनको मूर्ति स्थापना गरिएको छ र पानीको धारा निरन्तर बगिरहेको छ ।

बालाचतुर्दशीको अवसरमा आयोजना हुने अनुष्ठानमा भारतको प्रसिद्ध पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण प्रमुख अतिथि हुने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो । उनका अनुसार आचार्य बालकृष्णसँगै पतञ्जली योग पिठका योग प्रशिक्षकको टोली धाममा आएर छ दिनसम्म योग साधना गर्नेछन् ।

जोशीले धाममा हजारौं धार्मिक भक्तजनको आगमनले देशको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए । उनका अनुसार धाम परिसरमा बनेको खाडेबाबा स्मृति उद्यानको उद्घाटन आचार्य बालकृष्णले गर्ने कार्यक्रम रहेको छ । ‘धाम खडेबाबा नामका साधुले स्थापना गरेकाले उनको सम्झनामा धाम परिसरमा मूर्तिसहितको पार्क बनाइएको छ’, उनले भने ।

धामका मूल पुजारी आचार्य अग्नि सिग्देलले यस वर्षको धार्मिक अनुष्ठानमा गंगा आरती, यज्ञ अनुष्ठान, योग साधना र सतवीज बिखर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार धाम समितिले यहाँ सञ्चालित गुरुकुल र अन्नदाता अक्षयकोषलाई विस्तार गर्न दाताहरूसँग स्वैच्छिक सहयोगका लागि आह्वान गरेको छ ।

धामका अभियान संयोजक रमेश त्रिखत्रीका अनुसार अन्नदाता र गुरुकुल अक्षयकोषका लागि १ करोड रुपैयाँमा छुट्टाछुट्टै अक्षयकोष निर्माण गर्ने लक्ष्य राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको