नेपाललाई जितका लागि १४६ रनको चुनौती


काठमाडौँ, १३ कात्तिक  गते।

आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको पहिलो खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको हो।

सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन्। त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए। उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन्। त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे।

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई÷दुई विकेट लिए। नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ। नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो। नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको