जनमुखी विद्यालय रुपान्तरण अभियानमा बर्दिबास रेडक्रसको साथ


बर्दिबास, भदौ १७ गते ।

विद्यालय शिक्षाको मन्दिर मात्रै होइन् देशका लागि दक्षजनशक्ति उत्पादन गर्ने शक्तिशाली कारखाना पनि हो । जुन उद्योगले विश्वमा वैज्ञानिक, डाक्टर, राजनेता, शिक्षक जस्ता हरानौं व्यक्तित्वलाई जन्माउँछ ।

यस्तै लालहरु उत्पादन गर्ने थलो हो, जनमुखी आधारभूत विद्यालय । जुन महोत्तरीको बर्दिबासको वडा नम्बर ९ पशुपतिनगरमा अवस्थित छ ।

यो विद्यालय रुपान्तरणमा सहयोग गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दिबासका पदाधिकारीहरु मुकुन्द प्रसाद पौडेल र विष्णु थापा विद्यालयमा पाल्दा विद्यालय परिवारलाई खुशी लागेको छ ।

भनिन्छन्, जसको कोही छैन, उसका लागि हो रेडक्रस । रेडक्रसले विद्यालय विकासमा सहयोग गर्ने जनाएको प्रतिबद्धताले हाम्रो मन हर्षित मात्रै होइन्, अब विद्यालयमा केही चमत्कारी काम होला भन्नेमा ढुक्क भएका छौं ।

साउन अन्तिम साता चौताराको शिलान्याससंगै युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोले विद्यालय सुधारका लागि यहाँ ‘विद्यालय रुपान्तरण अभियान’ घोषणा गरेका थिए ।

विद्यालयका शिक्षक संजित कुमार महतो र समाजिक अभियन्ता अमृत कुमार महतोको पहलमा साउन पहिलो साता विद्यालयमा उनी विद्यालयको अवलोकनमा पुगेका थिए । विद्यालयको दैनिय अवस्था देखेर उनको मनले मान्दै मानेन ।

अनि उनले विद्यालयसंग छलफल गरेर विद्यालय रुपान्तरणका लागि अभियानको घोषणा गरेका थिए । उनले भनेका छन्, ‘विश्वास छ, यहाँहरुले यो पवित्र महाअभियानमा पहिले जस्तै सहयोग, सद्भाव र माया दिनुहुन्छ भनेर विश्वास लिएका छौं ।’
धन्यवाद ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको