बस ठोक्किँदा नौजना घाइते


काठमाडौं, भदौ १४ गते ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना।८ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

बसमा सवार २९ जनामध्ये नौजना घाइतेहरूलाई उपचारका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी मिश्रले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको