अखाद्य पेय पदार्थ बेच्ने कम्पनीलाई डेढ लाख रुपैयाँ जरिवाना


काठमाडौँ, भदौ १२ गते ।

काठमाडौं महानगरपालिकाले अखाद्य पेय पदार्थ बेच्ने कम्पनीलाई डेढ लाख रुपैयाँ जरिवाना तिराएको छ । आइतबार बजार अनुगमनका क्रममा ढुसी परेको कोल्ड ड्रिंक्स (कोकाकोला) बेचेको भेट्टाएपछि पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई जरिवाना तिराएको हो ।

महानगरको बजार अनुगमन समितिले सो कम्पनीलाई एक साताभित्र जरिवाना तिरी बैंक भौचरको प्रति पेस गर्न भनेको छ । तोकिएको अवधिमा जरिवाना नतिरे कानुनबमोजिम कारबाही गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

उनका अनुसार बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री–वितरण गरेको भेटिनेमाथि महानगरले कारबाही गर्दै आइरहेको छ । यसअघि मिठाई पसल, खानेपानीका जार, खाद्यान्नलगायत वस्तु बिक्री–वितरण गर्ने पसलहरूलाई महानगरले जरिवाना तिराएको थियो ।

‘महानगरभित्र रहेका कुनै पनि पसलहरूले अखाद्य तथा म्याद सकिएको खानेकुरा बेच्न मनाही छ,’ प्रवक्ता मानन्धरले भने, ‘हामीले झुक्याएर बजार अनुगमन गरेर कारबाही गर्छौँ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको