बर्दिबासमा दुर्घटना हुँदा बाबु -छाेरीको मृत्यु


महोत्तरी, भदौ ५ गते।

बर्दिबास नगरपालिकामा भएको दुई सडक दुर्घटना एकै परिवारका बाबु -छाेरी सहित तीन जनाको मृत्यु भएको छ।

इलाका प्रहरी बर्दिबासका अनुसार बर्दिबास नगरपालिका २ हङकङ डाँडास्थित बर्दिबास औरही सडक खण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी बर्दिबास ८ हात्तीलेटका ५५ वर्षीय बुवा उपेन्द्र महतो र उनकी २२ वर्षीया छोरी रविनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार रविनाको ट्रमा सेन्टर बर्दिबासमा तथा बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा गए राति २ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी बर्दिबास ५ पूर्वपश्चिम लोकमार्गस्थित टुटेश्वरको जङ्गलमा भुस्सा बोकेर काठमाडाैँतर्फ जाँदै गरेको ना६ख ४६७८ नम्बरकाे ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट चन्द्रपुर २ पौराही राई टोलका ६६ वर्षीय कुलबहादुर राई रहेको बर्दिबास प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न चालकसहित दुवै सवारीलाई बर्दिबास प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको