लालबकैया नदीमा डुबेर बेपत्ता दुई बालबालिकाको शव फेला


रौतहट। लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक बालिका भने अझै बेपत्ता छिन्।

मंगलबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

स्थानीयले नदीमा तैरिरहेको अवस्थामा दुवै जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनापछि बेपत्ता रहेकी अर्की बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

फेला परेका शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले बताउनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको