वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन


जनकपुरधाम। वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ।

बिमलको सोमबार राति पौने १ बजे उपचारका क्रममा निधन भएको उनका कान्छा छोरा डा. विभाष लाभले जानकारी दिए। उनका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर कुराकानी गरिरहेका बेला बिमल अचानक बिरामी परेका थिए। त्यसपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

बिमलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका-१०, देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ।

नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका बिमलले भाषा विज्ञानमा विद्यावारिधि गरेका थिए। उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तरसमेत गरेका थिए।

बिमल २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा आबद्ध भएका थिए। साहित्य तथा भाषा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका उनी जगदम्बाश्री पुरस्कार, मधुपर्कलगायत विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए।

डा. बिमलको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने साहित्यकार डा. विजय दत्तले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको