गौशाला नगरपालिका कर्मचारीहरुले गर्दै गरेको विरोध कार्यक्रम स्थगित


बिमला कुमारी शर्मा,

गौशाला, भदौ ३ गते ।

महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकमारी महतोको दुर्व्यवहार विरोधमा नगर कर्मचारीले सेवा ठप्प पारी गर्दै गरेको विरोध तथा धर्ना कार्यक्रम तीन दिनको लागी स्थगित गरिएको छ ।

उपप्रमुख महतोले राजस्व शाखाका नायवसुब्बा दीपेन्द्र यादवलाई सोमवार कार्यकक्षमै दुर्व्यवहार गरेको विरोधमा एक हप्तादेखि निरन्तर रुपले विरोध गर्दै आएको कर्मचारीहरुले नगरप्रमुख डा. दिपेन्द्र महतो लगायत वडाअध्यक्षहरुको सामुहिक वार्ताको आधारमा तीन दिनका स्थगित गरिएको नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए ।

कर्मचारी माथि भएको व्यवहार प्रति खेद प्रकट गर्दै जनप्रतिनिधिबाट नै कर्मचारी असुरक्षित हुनु यो आफैमा अशोभनिय विषय रहेको नगरप्रमुख महतोको भनाई छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको