प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौं, साउन १६ गते ।

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक साउन २२ गते सोमबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको हो ।

यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा (एमाले)ले बैठक अवरुद्ध गरेको थियो ।

नेकपा (एमाले)ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ । माग पूरा नभएसम्म संसद् चल्न नदिने अडान एमालेले राखेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको