प्रेमिका भेट्न गएका २० वर्षीय युवक कोठामा मृत फेला


सर्लाही । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका-९, बगेवा गाउँका २० वर्षीय अमित चौधरी रहेका छन्। उनी बिहीबार साँझ लालबन्दी नगरपालिका-५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा अचेत अवस्थामा फेला परेका थिए।

अचेत अवस्थामा फेला परेका चौधरीलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्‍याइएको थियो। तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको