महोत्तरी । नोबेल मल्टिपल कलेज बर्दिबासले BBA प्रथम सेमेस्टर (२०२५ ब्याच) को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय, विराटनगरद्वारा प्रकाशित नतिजा अनुसार कलेजले ८६.३६ प्रतिशत नतिजा सहित मधेस प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको कलेज सञ्चालक अजय कुमार राईले जानकारी दिनुभयो।
परीक्षामा पूजा कुमारी यादवले ३.७५ जीपीए प्राप्त गर्दै कलेज टपर बन्न सफल भएकी छन्। त्यस्तै, आशा कुमारी र लक्ष्मी महतोले ३.७० जीपीए प्राप्त गरेका छन्।
त्यसैगरी, रेखा मंग्राती, सुहानी कुमारी, सैशा कुमारी महतो र दियुना सिंहले ३.६५ जीपीए हासिल गरेका छन्। अन्य विद्यार्थीहरूले समेत उत्कृष्ट नतिजा प्राप्त गरेको कलेजले जनाएको छ।
विद्यार्थीहरूको सफलताप्रति कलेजले खुसी व्यक्त गर्दै विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई बधाई तथा शुभकामना दिएको छ।
यसैबीच, कलेजले BBA २०८३ ब्याचका लागि केही सिट खाली रहेकाले भर्ना खुला रहेको जनाएको छ। बर्दिबास नगरपालिका-१४, महोत्तरीमा रहेको नोबेल मल्टिपल कलेज पूर्वाञ्चल विश्वविद्यालय तथा सीटीईभीटीसँग सम्बन्धन प्राप्त शैक्षिक संस्था हो।











