महोत्तरीमा उखुबारीभित्र ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको आशंका


महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका-१ सानो कुशमाडीस्थित उखुबारीमा एक महिलाको शव फेला परेको छ।

शुक्रबार बिहान स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव उखुबारीमा फेला परेको हो। उनी बिहीबार घाँस काट्न घरबाट निस्किएकी थिइन्। तर, शुक्रबार बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माका अनुसार शवको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। मृतकको घाँटीमा गम्छा कसिएको जस्तो देखिएको उनले बताए।

घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि प्रहरीको तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए।

घटनास्थलमा प्रहरी अधिकारीहरू पुगेर अनुसन्धान गरिरहेका छन्। महिलाको मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको