सिरहामा अवैध घरेलु मदिरा उत्पादन गर्ने तीनवटा भट्टी नष्ट


सिरहा। सिरहामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको स्थानमा प्रहरीले छापा मारेर तीनवटा भट्टी नष्ट गरेको छ।

प्रहरीले बिहीबार विष्णुपुर गाउँपालिका-१ स्थित विष्णुपुर नहर क्षेत्रमा छापा मार्ने क्रममा अवैध रूपमा घरेलु मदिरा उत्पादन गरिरहेका तीनवटा भट्टी फेला पारेको थियो।

जिल्ला प्रहरीका अनुसार मदिरा उत्पादनमा प्रयोग भइरहेका ड्रम तथा कसौंडीमा राखिएको करिब १ हजार ५०० लिटर कच्चा पदार्थसमेत बरामद गरी पोखेर नष्ट गरिएको छ।

डीएसपी रमेशबहादुर पालले अवैध मदिरा उत्पादनमा प्रयोग भइरहेका भट्टी तथा कच्चा पदार्थ नष्ट गरिएको जानकारी दिएका छन्।

प्रहरीले अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको