सुरेन्द्र यादव
जनकपुरधाम, साउन १५ गते ।
मधेस प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय बनाएका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन्। बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन्।
जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले जनमतका कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेपछि उनीहरू बिनाविभागीय मन्त्री बनेका थिए।
प्रदेश सरकारले छैठौं पटक गर्न लागेको मन्त्रीपरिषद् बिस्तारमा जनमतले कुशवाहा र यादवलाई हटाएर पार्टीका प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट गर्न मञ्जु खंगलाई पठाउने तयारी गरेको छ।
प्रदेशमा हाल गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवले सम्हालेका छन्। नयाँ मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट सप्तरीका मो।समिम मन्त्री हुने निश्चित भइसकेको छ। उनी सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ुकु बाट निर्वाचित भएका हुन्।
जनमतले श्रम तथा यातायात मन्त्रालयमा चन्दन सिंहलाई पठाउने सहमति भैसकेको जनमतका एक सांसदले जनाए। आज मधेश सरकारले छैठौं पटक मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेको छ।









