महोत्तरीको मटिहानीमा करोडौँको तस्करी


जलेश्वर, साउन ४ गते ।

मटिहानी नाकामा सशस्त्र का असइ धर्मविर यादबको बबाल असुली धन्धा,घुमुवाले मिलाउँछ तालमेल, इन्सपेक्टर देखी एसपी सम्म जान्छ तस्करको पैसा महोत्तरीको मटिहानी नाकाबाट अहिले दिनहु करोडौँको तस्करी हुने गरेको छ ।

तस्करी नियन्त्रण गर्नका लागि सिमामा खटिएका सशस्त्र प्रहरीकै मिलोमत्तोमा यो नाकाबाट तस्करी भइरहेको पाइएको छ ।

मटिहानी सशस्त्र विओपीका असइ धर्मविर यादबले अहिले तस्कर सँग तालमेल गरेर दिनहु लाखौँ रकम उठाउँने गरेको छ । सर्वसाधारण जनताले आफनो दैनिक उपभोगका समाग्री लग्दा तस्करको आरोप लगाउँदै समान जफत गर्ने यो नाकामा अहिले तस्करहरुको राज नै चलेको पाइएको छ ।

यो नाकाबाट अहिले दिनहु नुन देखी सुन सम्मको तस्करी भइरहेको आरोप स्थायिनहरुको छ । नाकामा असइ धर्मविर यादबले तस्कर सँग रकम फिक्स गर्छन भने बिओपीका इन्सपेक्टर सुनिल लामा पैसा उठाउँछन । स्रोतका अनुसार मटिहानी नाकामा सशस्त्र प्रहरी ९ नं गणबाट परिचालित इन्सपेक्टर टिका मैनाली र घुमुवा जबान सँजिब यादबले तस्करलाई तस्करीमा सहयोग गर्दे आइरहेको छ ।

तस्करी नियन्त्रणका लागी खटाइएको सशस्त्र प्रहरीका घुमुवाले नै तस्करलाई सँरक्षण दिएर तस्करी गराइरहेको छ । मटिहानी नाकाबाट अहिले दिनहु सुनचाँदी,लताकपडा,किराना समाग्री,रजनिगन्धा,राजनिवास मटर, मरिच ,रक्सी, तेल, लगायतका समानको तस्करी व्यापक रुपमा भइरहेको छ ।

मटिहानी नाकामा खटिएका असइ धर्मविर यादब, बिओपी मटिहानीका इन्सपेक्टर सुनिल लामा,गणबाट घुमुवाको रुपमा परिचालित इन्सपेक्टर टिका मैनाली र घुमुवा प्रहरी जबान सँजिब यादबले तस्कर सँग रकम उठाएर एसपी लेखनाथ खनाल सम्म समेत तस्करको पैसा पुर्याउँने गरेको नाम नखोल्ने शर्तमा एकजना तस्करले बताए ।

अहिले उक्त नाकबाट रातीको समयमा सोनचाँदी तस्करी समेत भइरहेको छ ।

मटिहानी नाकामा रँजित ममmुरिया,विपिन्न, पँडीतजी,अमरेश,सुजित लगाएतको तस्करको समान दिनहु तस्करी सशस्त्र प्रहरीले गराइरहेको स्रोतको दावि छ ।

यता मटिहानीबाट काठमाण्डौँका लागी छुटने रात्रीबसमा समेत तस्करहरुको रेडबुल,रजनीगन्धा लगायतका समानको तस्करी सशस्त्र प्रहरीकै मिलोमत्तोमा हुने गरेको स्थानियहरुको आरोप रहेको छ ।

तस्करहरुको सामानलाई स्कोटिंगसमेत गर्ने देखि लिएर तस्करी सित सेटिंग मिलाउन माहिर छन् असइ धर्मविर यादब ।

महोत्तरी सशस्त्र प्रहरीका एसपी लेखनाथ खनाल घुमूवाहरुलाई परिचालन गरी कमाउ धन्दामा लागेको स्रोतको दाबी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको