रौतहटमा एक युवकको ज्यान गयो


रौतहट, असार २९ गते ।

घरेलु हतियारको प्रहारबाट रौतहटमा एक युवकको ज्यान गएको छ । जिल्लाको देवाहिगोनाहि नगरपालिका ६ कर्कच कर्मैया बस्ने अन्दाजी वर्ष ३५ को जगरनाथ साह कानुको शुक्रबार राति घरेलु हतियारको प्रहारबाट ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय देवाहिगोनाही का प्रहरी निरीक्षक गोविन्द साहले मृतक कानुको घाँटीमा घरेलु हतियार प्रहार गरी हत्या गरिएको पाइएको बताउनु भयो । उहाँका अनुसर मृतक कानु , उहाँकी श्रीमती र छोरी सङ्गै सुतेका थिए ।

मध्यरातमा मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले कानुलाई बोलाएपछि ढोका खोलियो अनि अर्कै कोठामा उहाँको हत्या भयो । प्रारम्भिक अनुसन्धान बात उक्त कुरा देखियो । तर हत्या कसले गर्यो वा हत्या बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको