काठमाडौं, असार २४ गते ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन्।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताए।
उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्याउनेगरी बोल्न नमिल्ने बताए। त्यस्तै प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताए।
उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच÷पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए। महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराए।









