सबैका लागि हामी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न


रोशन कुमार महतो

बर्दिबास , असार २३ गते ।

महोत्तरीको बर्दिवासमा संचालित सबैका लागि हामी संस्थाले आज आफनो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
जिल्ला बर्दिवास नगरपालिका वडा नम्वर – १ मा केन्द्रीय कार्यलय रहेको उक्त संस्थाको प्रथम साधारण सभाले बर्दिवास नगरपलिका मात्र नभई देश भर यो अभियानलाई प्रारम्भ गर्ने उदेश्य विशेष प्रस्तावको रुपमा पारित गरेको छ ।

कार्यक्रम एक वर्ष भरी गरिएका कामहरुको बारेको संस्थाका सदस्य रोमन निरौलाले सार्वजानिक गरेका थिए । उनका अनुसार संस्था विधिवत दर्ता हुनु अगाडिनै न्यानो कार्यक्रम अन्र्तगत पुस महिनामा एक सय ३५ जना विपन्न परिवारहरुलाई न्यानो वितरण कार्यक्रम अन्तर्गत कम्बल वितरण गरिएको थियो ।

विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा छात्र वितरण गरिएका थिए , एकता दिवसका अवसरमा पोखरामा विमान दुर्घटनामा परेका परिवारहरु प्रति दिप प्रजोलन गरिएका थिए भने बर्दिवास नगरपालिकामा बस्ने क्रिकेट खेलाडी महिलालाई दश हजार नगद र खेल सामग्री सहयोग गरि कामगदै आएका सदस्य निरौलाले बताए ।


त्यस्तै साधारण सभाले सुनिल साहको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको हो । जसको अध्यक्षमा रबि निरौला, उपाध्यक्ष दिपेस सापकोटा,महासचिब विशाल दर्नाल,सचिव प्रताप महरा,कोषाध्यक्ष गणेश विक्रम थापा, सदस्यहरु अनुखनाल, संजित लामा,युकेस ठकुरी,संतोष शर्मा,पशुराम चौधरी,अनिस शाह,प्रमेस थापा र सागर बस्नेत निर्विरोध चयन भएका छन ।

त्यस्तै कार्यक्रम प्रमुख अतिथि बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले प्रथम वार्षिक साधारण सभाका सफलता शुभकामना दिनुभयो । यस संस्थाले गरेका काम प्रति सम्मान व्यक्त गदै अझ अगामिदिनहरुमा बर्दिवास नगरपालिकामा यस्तै समाजीक कार्यहरु गर्न र यस कार्यमा बर्दिवास नगरपालिका सदेव सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमकोे अध्यक्षता गर्नुभएका सुनिल साहले यस संस्था प्रति आफु सदेव बफादार भएर काम गदै आएको र अझ अगामी दिनहरुमा रुपान्तरीत र विस्तृत काम गर्ने बताए । यस संस्थालाई समाजका हरेक समस्याहरुलाई नियाल्दै सकारात्मक दिशातर्फ लैजाने प्रतिवद्ध व्यक्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको