मेरो देश
पहिला कति राम्रो थियो , त्यो सुन्दर नेपाल
अहिले बिकासको नाममा , बनाइ सके बेहाल
धेरै जना नेता भए , धेरै बने मन्त्री
देशको बिकाश होइन बरु उल्टै घेराबन्दी
सीता, जनक ,पृथ्वीनारायण , जन्मिएको देश
अनेक थरी जाती , धर्म , भाषा अनि भेश
सगरमाथा हिमाल हाम्रो , बुद्ध हाम्रै सन्तान
नेताहरुमा कहिल्यै रोकिएन , कुर्सिको ताना तान
देशको बिकास गर्न अब , उठि सके युवा
बेरोजगार भैयो भन्दै , खेल्नु हुन्न जुवा
बालेन , हर्क , रबि जस्ता , उठि सके अब
देशलाइ सुन्दर बनाउन , उठ्नुपर्छ हामी सब
देशको बिकास भयो भने , हामीलाई नि गर्व लाग्छ
अनि पो हामी नेपाली , भन्न नि मन लाग्छ
त्यसैले आजै देखि , अहिल्यै देखि लागौं देश बनाउन
अनि मात्र नेपाली जनताले पाउँछन् , आनन्दले रमाउन









