नेयमार चम्कदा ब्राजिलको सानदार जित


कतार — चोटबाट फर्किएका नेयमरको गोल र असिस्टमा दक्षिण कोरियाविरुद्ध ४–१ को जित हात पार्दै ब्राजिल विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्टार खेलाडी नेयमरको पुनरागमनमा ब्राजिलले रंगशाला ९७४ मा सोमबार उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण कोरियालाई ४–१ ले पन्छाउँदै विश्वकप २०२२ को अन्तिम आठको यात्रा तय गरेको छ ।

पाँचपल्टको विश्वकप विजेता ब्राजिलले कोरियालाई निरीह तुल्याउने क्रममा पहिलो हाफमै चार गोल गऱ्यो । नेयमरले सिर्जना गरेको अवसरमा भिनिसियस जुनियरले सातौं मिनेटमै गोलको खाता खोले । रिचार्लिसनलाई फउल गरेपछि पाएको पेनाल्टीमा नेयमरले कोरियाली गोलकिपर किम सुङ-ग्युलाई जिल्याउँदै १३ औं मिनेटमै ब्राजिलको अग्रता दोब्बर बनाए ।
कतार संस्करणको पहिलो खेलमा सर्वियाविरुद्ध २-० ले जितेको खेलमा घाइते भएका नेयमर समूह चरणका दुई खेल गुमाएपछि मैदानमा फर्किएका हुन् । ३० वर्षीय उनी कोरियाविरुद्धको गोलसँगै ब्राजिलका लागि सबैभन्दा बढी ७७ गोलको कीर्तिमान बनाएका पेलेभन्दा एक गोलनजिक पुगेका छन् । ८० मिनेटसम्म मैदानमा रहेका उनले पहिलो हाफमा केही राम्रा मुभहरू बनाए ।

कप्तान थियागो सिल्भाको पासमा रिचार्लिसनले २९ औं मिनेटमा विश्वकपमा आफ्नो तेस्रो गोल गरे । उनले सर्वियाविरुद्ध दुई गोल गरेका थिए । भिनिसियसले दिएको बललाई भलीमार्फत ल्युकास पाक्वुएटाले ३६ औं मिनेटमा ब्राजिलको चौथो गोल गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको