एनप्यावसन बर्दिबासद्वारा बालभेला सम्पन्न


बर्दिबास । एनप्यावसन बर्दिबासले बालभेला आयोजना गरेको छ। नगर क्षेत्रका एनप्यावसनअन्तर्गत रहेका ९ वटा विद्यालयको सहभागितामा विभिन्न प्रतिभा प्रदर्शनसहित बालभेला आयोजना गरिएको हो।

एनप्यावसन बर्दिबासका सचिव दावा लामाका अनुसार १२ विद्यालयमध्ये ९ वटा विद्यालयका बालबालिकाले नाटक, नृत्य र गायनलगायतका विधामा २७ वटा प्रस्तुति दिएका थिए।

बालबालिकामा रहेका प्रतिभा पहिचान गरी उनीहरूको क्षमता निखार्ने उद्देश्यले संस्थागत रूपमा यस्ता कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

बालभेलामा सप्तकविन्द्र, कमलामाई, स्वर्णिम पाठशाला, फ्लोरेन्स एकेडेमी, ड्रीमल्याण्ड, ज्ञानज्योति, मैना मेमोरियल, माउन्ट एभरेस्ट बुद्धसीता र नोबेल पब्लिक एकेडेमी सहभागी भएका थिए।

कार्यक्रममा प्रतिभा प्रदर्शन गर्ने बालबालिकालाई प्रमाणपत्रसहित सम्मान गरिएको सचिव लामाले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको