सिन्धुलीमा स्कार्पियो सडकबाट खस्दा आठ जना घाइते


सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन्।

बुधबार बिहान करिब ८ः३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले जिपमा सवार आठै जना घाइतेको उद्धार गरी स्थानीय प्रधान मेडिकल, रातामाटामा प्रारम्भिक उपचारका लागि पुर्‍याएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन्।

जिप चालक बेथानचोक गाउँपालिका-३ का करिब २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको