त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु


काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।

आगलागीपछि घाइते चालकलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वर चोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको खुलेको छ। घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग जरिवानाको विषयमा विवाद भएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान गर्न समिति गठन गरिएको छ। समितिले आगलागीको कारण तथा घटनासँग सम्बन्धित अन्य विषयमा थप छानबिन गर्ने जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको