बर्दिबास, महोत्तरी । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बर्दिबास नगरपालिका–१, महोत्तरीमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

‘सबैका लागि हामी, बर्दिबास-१’ को आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दिपेश सापकोटाले अध्यक्षता गरेका थिए। कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख प्रहलाद कुमार क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना आदानप्रदान गरेका थिए।










