गोरखा । मनास्लु हिमाल आरोहणका लागि नेपाल आएका सिङ्गापुरका एक नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङ रहेका छन्। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँस्थित मनास्लु हिमालको क्याम्प–२ बाट बेसक्याम्पतर्फ फर्कने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
सेङ भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।










