सिरहामा १०५ किलो गाँजाजस्तो पदार्थसहित एम्बुलेन्स नियन्त्रणमा


सिरहा। सिरहामा १०५ किलो लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

चोहर्वाबाट सिरहातर्फ आउँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्समा लागूऔषध गाँजा लोड गरिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले एम्बुलेन्सको निगरानी तथा पछ्याउने कार्य सुरु गरेको थियो।

प्रहरीका अनुसार बुधबार राति करिब ८ बजे सिरहा नगरपालिका-१ स्थित हुलाकी सडकखण्डमा पुगेपछि चालकले एम्बुलेन्स छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा भित्र जुटका पाँचवटा बोरामा गाँजाजस्तो देखिने पदार्थ फेला पारेको हो।

बरामद पदार्थ तौल गर्दा १०५ किलोग्राम रहेको प्रहरीले जनाएको छ। उक्त पदार्थसहित एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहा ल्याई थप अनुसन्धान भइरहेको छ।

फरार रहेका एम्बुलेन्स चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। बरामद पदार्थको थप परीक्षण तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको