सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गरेको आरोपमा युवक पक्राउ


काठमाडौं। सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार–प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा त्यस्तो प्रकृतिको भिडियो पोस्ट गरिएको सूचनाका आधारमा प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले खोजी थालेको थियो।

खोजतलासका क्रममा प्रहरीले भदौ २७ गते काठमाडौंको नयाँ बसपार्कबाट पाँचथरको फिदिम नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-२६, बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले लामालाई हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

उनीमाथि वेश्यागमनको प्रचार-प्रसार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको